काठमाडाैं । देशैभरी विभिन्न कार्यक्रम गरी शहीदहरुको स्मरण गरिएको छ ।
शहील दिवसकाे अवसरमा शुक्रबार लैनचौरस्थित शहीद पार्क (शहीद स्मारक)मा मुख्य समारोह आयोजना गरेर शहीदहरुको स्मरण गरिएको हो । ज्ञात-अज्ञात शहीदहरूको सम्झनामा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरिएको छ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, अन्तरिम सरकारका मन्त्रीहरू तथा अन्य उच्च पदाधिकारीहरूको उपस्थितिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो ।
शहीद दिवसमा प्रजातन्त्र स्थापना तथा पुनस्र्थापनाका लागि राणाकालीन तथा अन्य आन्दोलनहरूमा जीवन उत्सर्ग गर्ने शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथचन्द्र चन्द, गंगालाल श्रेष्ठ लगायतको सम्मानमा कार्यक्रम गरिन्छ । यहि माघ १० देखि १६ सम्म शहीद सप्ताह मनाइन्छ । साेही कार्यक्रमले शहीदहरूको बलिदानलाई स्मरण गर्दै राष्ट्रिय एकता र लोकतन्त्रको रक्षा गर्ने संकल्प दोहोर्याएको छ ।





























प्रतिक्रिया दिनुहोस्