Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट कसैलाई छैन: वरिष्ठ नेता शाह

लामो सयमसम्म जरा गाडेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्ने दावी

195
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता ले शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ ।

शहीद दिवसको अवसरमा शुक्रबार सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उहाँले यस्तो बताउनुभएको हो । राणा शासनको अन्त्यको माग गर्दै सङ्घर्ष गर्ने गङ्गालाल श्रेष्ठ, दशरथ चन्द , धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको तत्कालीन राज्यले क्रूरतापूर्वक हत्या गरेको ८५ वर्ष भएको समेत उहाँले बताउनुभयो । त्यसको १० वर्षपछि राणा शासनको अन्त्य भएको तर राज्य जनताको बन्न नसकेको उहाँको आरोप छ । त्यसपछि पनि नेपाली जनताले निरन्तर सङ्घर्ष गरिरहनु परेको बताउदै नेता शाहले ८५ वर्षमा पटक–पटक व्यवस्था फेरिए पन सत्ताको चरित्र नफेरिएको उहाँको बताउनुभयो ।

उहाँले सामाजिक संजालमा ‘८५ वर्ष पहिले जस्तै, यसपालि पनि भदौको जेनजी आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुपर्‍यो । अहिले हामी ती शहीदका सपना पूरा गर्ने बाटोमा अघि बढिरहेका छौं । लामो सयमसम्म जरा गाडेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रूपमा उन्नत मुलुक बनाउनुपर्ने दायित्व हाम्रो काँधमा छ । राज्यका निकायहरूमा भएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने दायित्व हामीसँग छ । अब समय आएको छ–शहीदका रगतलाई सम्मान गर्दै उहाँहरूको सपना पूरा गर्ने । सुशासनयुक्त र भ्रष्टाचारमुक्त देश बनाउने उल्लेख गर्नुभएको छ । ‘

नेता शाहले फेरी कसैले शहीद बन्नु नपरोस् भन्दै सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।