काठमाडौं । तनहुँमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा २ हजार कर्मचारी परिचालन हुने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय तनहुँले निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको जनाएको हो । सरकारी सेवाका कर्मचारीलाई मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका रूपमा पहिलो प्राथमिकता दिइएको छ । अपुग कर्मचारीको परिपूर्ति शिक्षकहरूबाट गरिने भएको हो । त्यसैगरी, निर्वाचनमा २ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
तनहुँमा २ लाख ५४ हजार ३ सय ९७ मतदाता कायम रहेका छन् । जिल्ला निर्वाचन कार्यालयले १ लाख २३ हजार ४ सय ९१ पुरुष र एक लाख ३० हजार ९ सय ६ जना महिला मतदाता रहेको जनाएको हो । जिल्लाका १० पालिकामध्ये व्यास नगरपालिकामा सबै भन्दा बढी र देवघाट गाउँपालिकामा सबै भन्दा कम मतदाता छन् ।
दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको क्षेत्र नम्बर १ मा एक लाख ३६ हजार १सय १८ र क्षेत्र नम्बर २ मा १ लाख १८ हजार २ सय ७९ मतदात छन् । जिल्लामा १ सय ४४ मतदानस्थल र ३ सय ९ वटा मतदान केन्द्र कायम भएका निर्वाचन कार्यालयले जनाएको हो।





प्रतिक्रिया दिनुहोस्