Logo १४ माघ २०८२, बुधबार | Wed Jan 28 2026


भारतमा विमान दुर्घटनामा परी महाराष्ट्रका उपमुख्यमन्त्री पवारसहित ५ जनाकाे मृत्यु


2k
Shares

एजेन्सी । भारत पुणेको बारामतिमा भएकाे विमान दुर्घटनामा परी महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ५ जनाकाे निधन भएको छ ।

उपमुख्यमन्त्री अजित चढेको निजी विमान बुधबार दुर्घटना भएको हाे । दुर्घटनालगत्तै गम्भीर घाइते भएका उहाँको निधन भएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ । त्यस्तै, विमान दुर्घटनामा उपमुख्यमन्त्रीको सुरक्षामा खटिएका २ सुरक्षाकर्मी र २ जना पाइलटको पनि मृत्यु भएकाे हाे ।

उपमुख्यमन्त्री अजित जिल्ला परिषद चुनावका लागि सभालाई सम्बोधन गर्न त्यसतर्फ जानुभएकाे थियाे । विमान मुम्बईबाट उडेको थियो । बीबीसी हिन्दीले बारामती विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनाग्रस्त भएको र आगो लागेको जनाउकाे छ। यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य नेताहरूले विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन्।