Logo १४ माघ २०८२, बुधबार | Wed Jan 28 2026


बारामा आमा-छोराको ह-त्या, ३ जना घाइते

घटनाको बारेमा अनुसन्धान जारी

559
Shares

काठमाडौं । बाराको परवानीपुर गाउँपालिका–१ रहरीया डिहमा एकै परिवारका आमा र छोराको हत्या भएको छ ।

मंगलबार राति ४६ वर्षीया सुमित्रा देवी महतो मण्डल र २७ वर्षीय रामेश्वर महतो मण्डलको धारिलो हतियार प्रहार गरी हत्या भएको हो । सुमित्राका श्रीमान जगरूप महतो मण्डल, छोरी २० वर्षीया रीनाकुमारी मण्डल बुहारी मनिता घाइते भएका छन्। उनीहरुको परवानीपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटनाको कारण भने अझै खुलिनसकेको प्रहरीले बताएको हो।

तालिम प्राप्त कुकुरको सहयोगले खोजी र थप अनुसन्धानको काम भइरहेको प्रहरी कार्यालय बाराले जनाएको छ ।