Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


भारतले नेपाल सरकारलाई दियाे ६१ वटा गाडी


1k
Shares

काठमाडौं । भारत सरकारले नेपाल सरकारलाई गाडी सहयोग गरेको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई ६१ वटा गाडी उपहार दिएको छ।

माघ ६ गते सिंहदरवारस्थित एक कार्यक्रमका बीच भारतीय दूतावासले ६१ वटा क्याबिन पिक भ्यान सकारलाई हस्तान्तरण गरेको थियो। अहिले ती गाडीलाई सिंहदरबारस्थित गृह मन्त्रालय अगाडि राखिएका छन्।

गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो। उक्त प्रस्ताव अन्तर्गत भारतले नेपाल सरकारलाई उपहार स्वरुप पहिलो चरणमा ६१ वटा गाडी उपलब्ध गराएको हो।

यसपटकको निर्वाचनको लागि भारत सरकारले सानाठूला गरी ५३८ वटा गाडी उपलब्ध गराउने बताइएको छ।