Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


अर्घाखाँचीमा एचआईभी संक्रमितको संख्या १४९ पुग्यो, ३५ जनाको मृत्यु


403
Shares

अर्घाखाँची । अर्घाखाँचीमा एचआईभी संक्रमितको संख्या हालसम्म १ सय ८४ जना पुगेको छ ।

जसमध्ये ३५ जना संक्रमितको मृत्यु भएको हो । अब जिल्लामा पुरुष ७६, महिला ७३ र बालबालिका ७ गरी कूल संक्रमितको संख्या १ सय ४९ जना रहेको स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्णप्रसाद पोखरेलले बताउनुभएको छ। सन्धिखर्कमा भएको एक कार्यक्रममा बोल्दै उहाँले जिल्लाका ६ पालिका मध्ये छत्रदेव गाउँपालिकाले मासिक १५ सय रुपैयाँ एचआईभी संक्रमितलाई भत्ता उपलब्ध गराउँदै आएको बताउनुभयो । नियमिति औषधी सेवन जस्ता विषयमा समन्वय गरेर कार्यालयले काम गर्दै आएको प्रमुख पोखरेलले बताउनुभएकाे छ ।

एचआईभी संक्रमितको संख्याको दर रोक्न सबै पालिकाले कार्य योजनाका साथ बढ्न आवश्यक रहेको जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाकाे दावी थियाे । बढ्दो एचआईभी संक्रमितको दर रोक्न सचेतना अभियान जरुरी रहेकाे उहाँकाे भनाइ छ। साथै सन्देश सहयोग समूहकी प्रतिनिधि पार्वता केसीले एचआईभी संक्रमित व्यक्तिलाई अझै पनि समुदाय स्तरमा विभेद गर्ने गरेको बताउनुभयो ।