एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली सामान आयातमा २५ प्रतिशतसम्म कर लगाउने घोषणा गर्नुभएको छ ।
उहाँले गत वर्ष भएको व्यापार सम्झौताको पालना नगरेको आरोप समेत लगाउनुभएको बीबीसीले जनाएको हो । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा मार्फत दक्षिण कोरियामा अटोमोबाइल, काठ, औषधि र अन्य सबै ‘पारस्परिक ट्यारिफ’ लगायतका विभिन्न उत्पादनहरूमा १५ प्रतिशतबाट कर बढाउने बताउनुभयो । दक्षिण कोरियाली सांसदहरूले सम्झौतालाई अनुमोदन गर्न ढिलाइ गरे पनि सम्झौता अनुसार ट्यारिफ घटाउन द्रुत गतिमा काम गरिरहेको उहाँको भनाइ छ ।
दक्षिण कोरियाले आफ्ना केही सामानहरूमा कर बढाउने निर्णयको आधिकारिक सूचना नदिएको र यस विषयमा वासिङ्टनसँग तत्काल वार्ता गर्न चाहेको जनाउको हो । अहिले क्यानडामा रहेका दक्षिण कोरियाका उद्योगमन्त्री किम जङ–क्वानले अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकलाई भेट्न सकेसम्म चाँडो वाशिंगटनको भ्रमण गर्ने पनि बताउनुभयो ।
दुई देशबीच गत अक्टोबरमा दक्षिण कोरियाले अमेरिकामा ३ सय ५० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको थियो । जसमध्ये केही रकम जहाज निर्माणमा जाने सम्झौतामा पुगेका थिए । राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकालमा विदेश नीति लागू गर्न बारम्बार ट्यारिफलाई लाभको रूपमा प्रयोग गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले गत शनिबार क्यानाडालाई चीनसँग व्यापार सम्झौता गरेमा १ सय प्रतिशतसम्म भन्सार शुल्क लगाउने धम्की दिनुभएको थियो ।





प्रतिक्रिया दिनुहोस्