Logo १२ माघ २०८२, सोमबार | Mon Jan 26 2026


मंगाेलियामा ९० प्रतिशत भू-भाग हिउँले ढाक्याे

चिसाेका कारण जनजीवन प्रभावित

169
Shares

एजेन्सी । मंगोलियामा करबि ९० प्रतिशत भू-भाग ४५ सेन्टिमिटरसम्म बाक्लो हिउँले ढाकिएको छ ।

राष्ट्रिय मौसम तथा वातावरणीय अनुगमन निकायले जनाएको मंगाेलियाका २१ मध्ये ९ वटा प्रान्तले जुद (मशगम) भनिने चरम जाडोको सामना गरिरहेकाे जनाएकाे हाे । अन्य १६ प्रान्तहरू पनि जुद जस्तै अवस्थाको नजिक पुगेका छन् । जुद एउटा मंगाेलियाली शब्द हो । जसले जमिन जमेको वा हिउँले ढाकिएको कारण ठूलो संख्यामा पशुचौपाया मर्ने गरी हुने अत्यधिक चिसो जाडोलाई बुझाउँछ ।

मंगाेलिया आफ्नो कठोर महाद्वीपीय जलवायुका लागि परिचित छ । जहाँ लामो समयसम्म कठाङ्ग्रिदो जाडो र छोटो गर्मी हुने गर्दछ ।