काठमाडाैं । नेपाल उद्योग महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भन्सारमा नीतिगत सुधार गर्न अहिले उपयुक्त समय रहेको बताउनुभएको छ ।
काठमाडाैंमा साेमबार अन्तर्राष्ट्रिय भन्सार दिवसका आयोजित कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । विगतमा नीतिगत निर्णय गर्न मन्त्रीलाई विषयगत जानकारी समेत नहुने गर्दा अलमलमा समेत पर्ने उहाँकाे तर्क छ। अहिले विज्ञ अर्थमन्त्री रामेश्वर खनाल भएका कारण नीतिगत सुधारमा लाग्न समेत उहाँले आग्रह गर्नुभयो ।
अध्यक्ष ढकालले भन्सारबाट आउने रेभिन्यूलाई सरकारले प्राथमिकतामा राख्दा उद्यमशीलताको विकासमा कुनै असर नगर्ने गरी अघि बढ्नुपर्ने बताउनुभयो । उद्यमशीलताको विकास गर्ने खालको पोलिसिहरु ल्याउन जरुरी रहेको उहाँको भनाइ छ ।
होटल र पर्यटनलाई उद्योगका रुपमा सरकारले मान्यता दिएपनि उद्योगहरुले पाउने सुविधा ती होटल, पर्यटनले नपाएको गुनासो समेत गर्नुभयो । यसलाई तुरुन्त कार्यान्वयन गर्ने हो भने उद्यमशीलता विकास हुने भएकाे उहाँले बताउनुभएकाे छ ।
अध्यक्ष ढकालले कतिपय विषयलाई अहिले धितोपत्र बोर्डले इस्यु बनाएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण समेत गराउनुभयो ।





प्रतिक्रिया दिनुहोस्