काठमाडौं । चितवनमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमश बढ्दै गएको छ ।
नेपाल लेयर्स कुखुरापालक संघले आइतबारदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो । जसअनुसार ठूलो अण्डा एक क्रेट ३० वटाको फार्म मूल्य ४ सय ९५ रुपैयाँ पुगेको छ । यस अघि प्रतिक्रेट ४सय ६५ रुपैयाँमा बिक्री गरिएको ठूलो अण्डाको मूल्य ३० रुपैयाँलेले बढेको हो ।
त्यस्तै, मझौला अण्डाको फार्म ४ सय ७५ रुपैयाँ कायम गरिएको छ । यसअघि यो अण्डा ४ सय ४५ रुपैयाँमा बिक्री हुँदै आएको थियो । गत मंसिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो । तत्कालीन समयमा फार्ममा ठूलो अण्डा ५ सय ६५ प्रतिक्रेटमा बिक्री भएको थियो । मझौलाको रेट ५ सय ५० थियो ।
संघले नेपालमा निर्वाचनको माहोल बन्नु र निर्वाचनसँगै सीमा क्षेत्रमा भएको कडाइका कारण अण्डाको मूल्यमा वृद्धि भएको दावी गरेको छ ।





प्रतिक्रिया दिनुहोस्