Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


आगामी निर्वाचनमा एक थाेपो रगत बग्नु हुँदैन: प्रधानमन्त्री कार्की

'मुलुकमा दिगो स्थायित्व कायम गर्न सम्पूर्ण शक्ति लगाएकाे छु'

0
Shares

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको बताउनुभएको छ ।

काठमाडाैंमा शुक्रबार सशस्त्र प्रहरी बलको २५ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुरक्षा चुनौतीहरु समयानुसार परिवर्तन भइरहेको बताउनुभयो । उहाँले विगतका निर्वाचनहरुलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरी बलले खेलेको भूमिका प्रशंसनीय रहेकाे बतउनुभयाे । आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सम्भावित सुरक्षा चुनौतीहरुको सुक्ष्म अध्ययन गरी उच्च शतर्कता र व्यवसायिकताका साथ कार्य सम्पादन गर्न उहाँले निर्देशन दिनुभएकाे छ ।

उहाँले निर्वाचनका लागि सबै सुरक्षा अंग परिचालनको निर्णय पनि गरिसकेको बताउनुभयो । उहाँले निर्वाचनमा एक थोपा पनि रगत बग्नु नहुने र कोही पनि घाइते हुन नहुने भन्दै त्यसै अनुसार सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिनुभएकाे छ । प्रधानमन्त्री कार्कीले निर्वाचन सफल पार्न सबै सुरक्षा निकायले उच्चस्तरको व्यवसायिकता प्रस्तुत गर्ने जिकिर गर्नुभयो ।