Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


सभापति थापालाई भावी प्रधानमन्त्री बनाउनेसहित कांग्रेस बैठकका ५ निर्णय (विज्ञप्तिसहित)


1k
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ५ निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले सभापति गगन थापालाई आगामी फागुन २१ गते हुने निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जानेसहितका ५ निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएकाे हाे।

कांग्रेस बैठकका ५ निर्णय यस्ता छन् :

(१) २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीकातर्फबाट कांग्रेसका सभापति गगनकुमार थापालाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्री उम्मेदवारका लागि नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गर्नु भएको प्रस्ताव र उपसभापति पुष्पा भुसालको गर्नुभएको समर्थनलाई कार्यसमितिको यो बैठक सर्वसम्मत पारित गर्दछ ।