Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


नेकपालाई जनताले पहिलो पार्टी बनाउन चाहेकाे सह-संयोजक नेपालकाे दावी


143
Shares

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले आगामी निर्वाचनमा जनताले आफ्नो् पार्टीलाई विजयी गराउन चाहेको दावी गर्नुभएको छ ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे दावी गर्नुभएको हो । सह-संयोजक नेपालले नेकपालाई पहिलो पार्टी बनाउन देशैभरी लहर नै चलेको जिकिर समेत गर्नुभयो । उहाँले युवा पुस्ताको चाहना र नेपाली जनताको भावनाअनुसार काम गर्ने भएकाले पनि नेपाली जनताले आफ्नो पार्टीलाई रुचाएको बताउनुभएकाे छ।

सह-संयोजक नेपालले जेनजी पुस्ताको भावना अनुसार आफूहरु अघि बढिरहेको पनि दावी गर्नुभयो ।