काठमाडाैं । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय सभाका सांसद मोहम्मद खालिदले विज्ञहरु मन्त्री बन्नुपर्ने प्रश्ताव गर्नुभएको छ ।
राष्ट्रिय सभाको शुक्रबार बसेकाे बैठकमा बोल्दै उहाँले यस्ताे बताउनुभएको हो । सांसद खालिदले सांसदहरु मन्त्री बनेका कारण सांसद खरिद बिक्रीदेखि राजनीतिक दलहरु विभाजन हुने लगायतका विकृति भित्रिएको बताउनुभयाे । उहाँले अब उनीहरुलाई मन्त्री नबनाउने व्यवस्था गर्न आवश्यक रहेको तर्क गर्नुभएकाे छ। उहाँले विकसित देशहरुमा पनि सांसदहरु मन्त्री नहुने व्यवस्था रहेको र त्यस्तो व्यवस्था नेपालका लागि पनि उपयोगी हुने विश्वास व्यक्त गर्नुभएकाे छ ।
सांसद खालिदले जनताको अभिमतको अपमान गर्ने काम सांसदहरुलाई मन्त्री बनाउने क्रममा भएकाले त्यस्तो व्यवस्था हटाउनुपर्ने अवस्था आएको समेत बताउनुभयो । राष्ट्रिय सभाले सांसदहरुलाई मन्त्री नबनाउने व्यवस्थाका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्ने समेत बताउनुभएकाे छ।





प्रतिक्रिया दिनुहोस्