Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसनको अध्यक्षमा बन्जाडे विजयी


143
Shares

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एशोशियसन अफ नेपालको अध्यक्षमा सुरज बन्जाडे निर्वाचित हुनुभएको छ ।

बिहीबार सम्पन्न भएको एसोसिएसनको निर्वाचनबाट बन्जाडेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । निर्वाचन प्रक्रिया अन्तर्गत अध्यक्ष पदका लागि बन्जाडे र ज्ञानेन्द्र प्रसाद दाहालबीच प्रतिस्पर्धा भएको थियो । जसमा मेघा शूज इण्डष्ट्रिजका दाहाललाई पछि पार्दै पवित्रा सुज इण्डष्ट्रिजका बन्जाडे अध्यक्षमा विजयी हुनुएको हो । अध्यक्ष बाहेक अन्य कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू भने निर्विरोध निर्वाचित भएको एसोसिएसनले जनाएको छ । नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र थापा चयन हुनुभएको हो । त्यस्तै, तीन उपाध्यक्षहरूमा योगेन्द्र पाण्डे, जीवन कुमार श्रेष्ठ र शंकर कुमार गौतम निर्वाचित भएका छन् ।

एसोसिएसनको महासचिव पदमा निमसन फुटवेयर इण्डष्ट्रिजका निर्मल भट्टराई, उपमहासचिवमा सुदिप बराल र सचिवमा छविलाल पौडेल निर्वाचित भएका हुन् । त्यस्तै, कोषाध्यक्षमा कुमार न्यौपाने चयन हुनुभएको हो । नयाँ कार्यसमितिको सदस्य पदमा ९ जना व्यवसायीहरू निर्वाचित भएका छन्। सदस्यहरूमा विष्णु प्रसाद पौडेल , शौजन उपाध्याय, रोहित कुमार कार्की , चोला प्रसाद पाठक, अशोक कुमार श्रेष्ठ, सडकेत मुरारका , राजेश बगडियारअग्रवाल , करन गौतम र कुमार लामिछाने चयन भएका हुन् ।

नवनिर्वाचित कार्यसमितिले नेपाली फुटवेयर उद्योगको प्रवर्द्धन, उत्पादनको गुणस्तर अभिवृद्धि तथा व्यवसायीहरूको हकहितका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको हो ।