Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


७ वटा प्रदेशमा कांग्रेसका ३२५ नेता


0
Shares

काठमाडौं, असोज ९ । मुलुकको नयाँ संरचनाअनुसारको पार्टी विधान तयार गरिरहेको नेपाली कांग्रेसले सात प्रदेशमा ३२५ नेता रहने गरी प्रारम्भिक विधान बनाएको छ ।

७ वटा प्रदेश कार्यसमिति फरक फरक संख्याको हुने गरी विधान मस्यौदा समितिले मस्यौदा तयार पारेको छ ।

प्रारम्भिक मस्यौदा बनाएर सोमबारबाट सातै प्रदेशमा समिति सुझाव लिन पुगेको छ । प्रस्तावित विधानमा केन्द्रीय समिति बढीमा १३३ सदस्य, पदाधिकारी संख्या १० पुर्‍याउने प्रस्ताव छ ।

मस्यौदाअनुसार प्रदेश १ मा १४ जिल्ला सभापतिसहित ४९, प्रदेश २ मा ८ जिल्ला सभापतिसहित ४३ र प्रदेश ३ मा १३ जिल्ला सभापतिसहित ४९ जनाको समिति प्रस्ताव गरिएको छ ।

त्यस्तै गण्डकी प्रदेशमा ११ जिल्ला सभापतिसहित ४७, प्रदेश ५ मा १२ जिल्ला सभापतिसहित ४७, कर्णाली प्रदेशमा १० जिल्ला सभापतिसहित ४५ जनाको समिति प्रस्ताव गरिएको छ । प्रदेश ७ मा ९ जिल्ला सभापतिसहित ४५ जनाको समिति प्रस्तावित छ । –राजधानी दैनिकबाट