काठमाडाैं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति शुक्रबार केन्द्रीय कार्यालय सानेपामा जाने भएका छन्।
गत पुस ३० गते भएको विशेष महाधिवेशनबाट कांग्रेसको सभापति पदमा गगन थापा निर्वाचित हुनुभएकाे थियाे । थापा नेतृत्वको कार्यसमिति केन्द्रीय कार्यालय सानेपा अहिलेसम्म गएका थिएनन्। दुई वटा केन्द्रीय कार्यसमिति र संसदीय बोर्ड बैठक केन्द्रीय कार्यालय बाहिर पार्टी प्यालेस र होटलहरूमा बसेको थियो। प्रवक्ता देवराज चालिसेले शुक्रबार केन्द्रीय कार्यालय जाने बताउनुभएकाे छ।
सभापति थापासहित सबै जना केन्द्रीय कार्यालय सानेपामा जाने केन्द्रीय समिति बैठक पनि बस्ने उहाँकाे भनाइ थियाे । अधिकांश नेताहरू प्रतिनिधि सभा निर्वाचनका लागि आ-आफ्नो क्षेत्र गइसकेकोले काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठक बस्न लागेको उहाँले बताउनुभयाे । प्रवक्ता चालिसेले केन्द्रीय समिति बैठक शुक्रबार दिउँसो बस्ने पनि बताउनुभएकाे छ।





प्रतिक्रिया दिनुहोस्