Logo ७ माघ २०८२, बुधबार | Wed Jan 21 2026


काठमाडौं महानगरले फुटपाथ र पार्किङ व्यवस्थापनलाई प्राथमिकता दिने


3.5k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ र पार्किङ व्यवस्थापनलाई प्राथमिकता दिने भएको छ ।

महानगरपालिकाका नगरप्रहरी प्रमुख विष्णुप्रसाद जोशीले बुधबार पत्रकार सम्मेलन गर्दै यस्ताे बताउनुभएको हो । उहाँले धुलो, धुवाँ, सार्वजनिक शौचालय, सार्वजिनक सम्पती संरक्षणका विषय र वर्कसपका विषयमा ध्यान केन्द्रित गर्न नगर प्रहरीलाई निर्देशन दिनुभयो । उहाँले काम गर्न नआउने र शक्तिकेन्द्रमा धाउने बानी हटाउन पनि चेतावनी दिनुभएकाे छ। अहिले धेरै कुराहरु नियन्त्रणमा आइसकेकाले अब मनिटरिङ मात्रै गरे पुग्ने बताउनुभयो । सबैसँग सभ्य र नरम भाषामामा बोल्न समेत उहाँले सुझाव दिनुभयो ।

नगरप्रहरी प्रमुख जोशीले सार्वजनिक स्थलमा धुम्रपान गर्न नदिन महानगर प्रहरीलाई निर्देशन दिनुभएकाे छ । विगतमा भएका सकारात्मक कामलाई निरन्तरता दिने पनि उहाँले बताउनुभयो ।