Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


कांग्रेसका सभापति थापा आफ्नाे निर्वाचन क्षेत्र सर्लाही-४ मा भाेलि जाँदै


2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा आफूले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र सर्लाही–४ मा बिहीबार मात्रै जाने बताउनुभएकाे छ।

मंगलबार मधेश प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंहलाई वारेस दिएर उम्मेदवारी दर्ता गराएका सभापति थापा बिहीबार मात्रै निर्वाचन क्षेत्रमा जाने तयारीमा रहेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएकाे हाे ।

यसअघिका ३ वटा निर्वाचनमा काठमाडौं-४ बाट जितेका थापा यस पटक भने मधेशमा पुगेर उम्मेदवारी दिनुभएकाे छ ।