Logo ७ माघ २०८२, बुधबार | Wed Jan 21 2026


नेपाली बजारमा आज सुनचाँदीकाे मूल्य हालसम्मकै उच्च बिन्दुमा

सुन एकैदिन तोलामा १० हजार ४ सय रूपैयाँले बढ्याे

1.2k
Shares

काठमाडाैं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ।

लगातार बढिरहेको सुनको मूल्य बुधबार हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यसअघि मंगलबार पनि प्रतितोला २ लाख ८४ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला २ लाख ९५ हजार १ सय रूपैयाँमा काराेबार भएकाे जनाएकाे छ । यो मूल्य अघिल्लो दिनकाे रेकर्ड भन्दा प्रतितोला १० हजार ४ सय रूपैयाँ बढी हो।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। मंगलबार तोलामा ५ हजार ८ सय ८० रूपैयाँमा कारोबार भएको थियाे । तर बुधबार चाँदीकाे मूल्य ताेलामा ५ हजार ९ सय २० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ । साेही मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस ४ हजार ८ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।