Logo ७ माघ २०८२, बुधबार | Wed Jan 21 2026


४७ जना प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम प्रदान


0
Shares

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको कार्यालयमा सञ्चालित ट्राफिक नियन्त्रण तालिम १५५औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा मंगलबार आयोजित तालिम समापन कार्यक्रममा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले प्रशिक्षार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

सोही अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले तालिमका दौरानमा हासिल गरेका ज्ञान, सीपलाई कार्यक्षेत्रमा इमान्दारिताका साथ कार्यान्वयन गर्दै प्राप्त जिम्मेवारीलाई त्रुटिरहित ढङ्गबाट निर्वाह गरी नागरिकलाई सहज र सुरक्षित ट्राफिक व्यवस्थापनको महसुस गराउनुपर्नेमा जोड दिनुभयो ।

तालिम संयोजक प्रहरी नायब उपरीक्षक शैलेश न्यौपानेले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत मंसिर ७ गतेदेखि सञ्चालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार तीन र प्रहरी जवान ४४ गरी ४७ जना प्रशिक्षार्थीले तालिम लिएका बताउनुभएको छ ।