Logo ६ माघ २०८२, मंगलबार | Tue Jan 20 2026


यी हुन् धनुषा ३ मा अहिलेसम्म दर्ता भएका उमेदवार


988
Shares

जनकपुर ।

धनुषा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवारहरुले अहिलेसम्म उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले उम्मेदवारी दर्ता गराएका छन् । झा महोत्तरी ३ को निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गराउँदै झाले यो क्षेत्रको सर्वांगिन विकासकालागि आफूले उम्मेदवारी दर्ता गराएको बताए । उनले पुराना नेताहरु मत लिनेबाहेक केही नगरेको र आफूले काम गर्नकालागि यो क्षेत्रमा उम्मेदवारी दर्ता गराउन लागेको बताए । झाले यो निर्वाचनमा जनताले साथ दिए अर्को निर्वाचनमा रिपोर्ट कार्ड लिएर मत माग्न आउने प्रतिवद्धता व्यक्त गरे ।

पछिल्लो निर्वाचनमा समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बनेका झा यस निर्वाचनमा प्रत्यक्ष निर्वाचन लड्न लागेका हुन् । त्यस्तै धनुषा निर्वाचन क्षेत्र ३मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट राम ललित मण्डलले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
धनुषा ३को निर्वाचन अधिकृतको कार्यालयमा नेता कार्यकर्तासहित पुगेका मण्डलले उम्मेदवारी दर्ता गराउनु भएको हो । पछिल्लो निर्वाचनमा तत्कालिन माओवादी केन्द्र तथा नेकपा एकिकृत समाजवादी पार्टीले चुनावी गठबन्धन गरेका कारण उम्मेदवारी दिएको थिएन ।

माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी सहितका पार्टीहरु मिलेर बनेको नेकपाले मण्डललाई अवसर दिएको हो । उनी धनुषा ३का लागि नयाँ उम्मेदवार हुन् । धनुषा निर्वाचन क्षेत्र नम्बर ३बाट राष्ट्रिय मुक्ति पार्टी नेपालबाट डा. राजीव झाले उम्मेदवारी दर्ता गराउनु भएको छ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले झालाई चुनावी मैदानमा उतारेको हो ।

उहाँ निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो । झा पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराउनु भएको हो । धनुषा ३मा एमालेबाट जुली महतो तथा नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधि सहितका हेवी वेट नेताहरु समेत उम्मेदवारी गराउन लागेका हुन् ।