Logo १ पुस २०८२, मंगलबार | Wed Dec 17 2025


ऐतिहासिक जीवित देवी कुमारीको रथयात्रा सुरु, राष्ट्रपतिबाट अवलोकन (भिडियो)


0
Shares

काठमाडौं, असोज ८ । उपत्यकाको ऐतिहासिक जीवित देवी कुमारीको रथयात्रा सोमबारदेखि सुरु भएको छ । जीवित देवी कुमारीसँगै गणेश र भैरवको रथयात्रा सुरु गरिएको हो ।

यो वर्ष काठमाडौं, ओमबहालकी तृष्णा शाक्यलाई पहिलोपटक जीवित देवीकारुपमा रथयात्रा गराइएको छ । पूर्वकुमारी मनीता शाक्यलाई प्रतिस्थापन गर्दै तृष्णा शाक्यलाई कुमारी नियुक्त गरिएको हो ।

कुमारी, गणेश र भैरवको रथ कुमारीघर बसन्तपुरबाट तानेर मरु, चिकंमुगल, लगनटोल, ब्रम्हटोल, जैसीदेवल, कोहिटी, भीमसेनस्थान हुँदै कुमारीघर पुर्‍याएर सम्पन्न गर्ने गरिन्छ ।

रथ तान्नुुअघि सोमबारै राष्ट्रपति विद्यादेवी भण्डारीले जीवित देवी कुमारी, गणेश र भैरवको दर्शन गरेकी थिइन् ।

सो अवसरमा कार्यवाहक प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीहरु, सांसद, विभिन्न देशका राजदूत, विदेशी नियोगका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा कुमारी घरअगाडि भूकम्पपछि पुनःनिर्माण गरिएको गद्दी बैठकबाट उनीहरुले लाखे नाच, पुलुकिसी नाच, आकाशभैरव र महाकाली नाच पनि अवलोकन गरेका थिए ।

हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखामा पनि मनाउने गरिन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजारोहण गरी इन्द्रजात्रा सुरु भएको हो ।

भिडियो हेर्नुहोस्