Logo ५ माघ २०८२, सोमबार | Mon Jan 19 2026


नेपालमा आज पनि पश्चिमी वायूको प्रभाव कायमै


312
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको हो । साथै पहाडी भू-भागमा भने आंशिक बादल लागेको छ । बाँकी हिमाली तथा पहाडी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको हो। साथै तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको का कारण जनजविन कष्टकर भएको महाशाखाले जनाएको छ ।

त्यस्तै, सोमबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएका कारण जनजीव प्रभावित हुने भएको हो । रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बादल लाग्ने भउको छ । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको हो।

त्यस्तै, सोमबार राति भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु लाग्ने भएको छ। साथै पहाडी तथा हिमाली भू‍-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको हो ।