Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


शोक प्रश्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगित


416
Shares

काठमाडाैं । शोक प्रश्ताव पारित गर्दै राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

सिंहदरबारमा आइतबार बसेको राष्ट्रिय सभाकाे चालु अधिवेशको पहिलो बैठक शोक प्रश्ताव पारित गरेर सकिएको हो । बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउनुभयो । साथै उहाँले राष्ट्रियसभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रश्ताव प्रश्तुत गर्नुभएकाे छ। साेही प्रश्तावलाई सभाले सर्वसम्मत रुपमा पारित गर्दै उहाँको निधनमा एक मिनेट मौनधारण समेत गरेकाे थियाे।

अध्यक्ष दाहालले शोक प्रश्ताव पारित भएसँगै राष्ट्रियसभाको अर्को बैठक माघ ९ गतेका लागि बोलाउनुभएकाे छ।