Logo ४ माघ २०८२, आइतबार | Sun Jan 18 2026


नेकपाले सुदूरपश्चिम र कर्णालीका उम्मेदवारको नाम टुंगो लगायो (सूचीसहित)

बाँकी प्रदेशका उम्मेदवारको नाम पनि आज टुंगो लगाउँदै

1.1k
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम र कर्णाली प्रदेशका उम्मेदवारको नाम टुंगो लगाएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको उम्मेदवारको नाम टुंगो लगाइएको नेकपाले जनाएको हो । कालिकोट र मुगुमा भने उम्मेदवार नाम टुंगाउन अझै बाँकी छ । अन्य प्रदेशका उम्मेदवारको पनि आइतबार टुंगो लाग्ने पार्टीले जनाएको हो ।

नेकपाका उम्मेदवार यी हुन् , को-कहाँ ?

सुदूरपश्चिम 
अछाम १ – डा.भीम रावल
अछाम २ – शरदसिंह भण्डारी 
कञ्चनपुर १-  विना मगर
कञ्चनपुर २ – लालबहादुर खड्का
कञ्चनपुर  ३ – मानबहादुर सुनार
कैलाली १-  रामलाल थारु डगौरा
कैलाली २ – राजेन्द्र साउद
कैलाली ३ – वीरमान चौधरी 
कैलाली ४ – हरिराम चौधरी उत्सव
कैलाली ५ – प्रेमबहादुर आले
डडेलधुरा १ – मानसिंह माल
दार्चुला १ – लक्ष्मणदत्त जोशी
बझाङ १ – मीनबहादुर कुँवर
बैतडी १ – परमानन्द भट्ट
डोटी १ – त्रिलोचन भट्ट
बाजुरा १ – प्रकाशबहादुर शाह

कर्णाली प्रदेश
डोल्पा १ – धनबहादुर बुढा
दैलेख १ – अम्बरबहादुर थापा
दैलेख २ – योगेन्द्रबहादुर शाही
सुर्खेत १ – जीतबहादुर राना
सुर्खेत २ – झगबहादुर मल्ल
जुम्ला १ – नरेश भण्डारी 
रुकुम पश्चिम १ – गोपाल शर्मा अनल
सल्यान १ – प्रकाश ज्वाला
हुम्ला १ – डा. दीपेन्द्र रोकाय
कालिकोट १ – टुङ्गिन बाँकी 
मुगु १ – टुङ्गिन बाँकी