Logo ४ माघ २०८२, आइतबार | Sun Jan 18 2026


रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

आगामी निर्वानका लागि प्रत्यक्ष उम्मेदवार चयनको बारेमा बैठकमा छलफल गरिने

156
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आइतबार बस्ने भएको छ ।

सोही बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा आइतबार दिउँसो २ बजे बस्ने भएको हो । बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धमा छलफल हुने भएको छ । पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवार चयनको बारेमा पनि बैठकमा छलफल हुने पार्टीका एक नेताले बताएका हुन् ।

निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेश गर्न समय तोकेको छ । जसका लागि राजनीतिक दलहरू उम्मेदवार चयनमा व्यस्त हुन् ।