Logo २ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026


सरकार र संयाेजक प्रसाईबीच २७ बुँदे सम्झौता पत्रमा हस्ताक्षर


3.2k
Shares

काठमाडौं । सरकार र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईबीचको वार्ता सकिएको छ ।

सिंहदरबारमा भएको वार्तामा प्रसाईको समूहले राखेका २७ बुँदे माग र सवालमा सरकारको तर्फबाट सञ्चारमन्त्री जगदीश खरेल-महाअभियानका संयाेजक प्रसाईले हस्ताक्षर गरेका हुन् । दुई पक्षकोबीचमा हस्ताक्षर भएको प्रधानमन्त्री सुशीला कार्कीका फ्रेस सल्लाहकार राम रावलले बताउनुभयाे ।

सरकारको तर्फबाट वार्ता समितिका संयोजक समेत रहेका मन्क्री खरेलले २७ बुँदे माग र सवालहरूमा हस्ताक्षर गर्नुभएकाे छ।संयाेजक प्रसाईले यसअघि आफ्ना माग पूरा नभएको भन्दै आगामी फागुन १ गतेदेखि आन्दोलन घोषणा गर्नुभएकाे थियाे । शुक्रबार दिउँसोदेखि शुरु भएको वार्तामा प्रधानमन्त्री कार्की र संयाेजक प्रसाईबीच छलफल भएकाे हाे।