काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भवन लगायतका संरचना निर्माण रैथाने प्रविधिमा जोड दिनुपर्ने बताउनुभएको छ ।
काठमाडौंमा शुक्रबार आयोजित राष्ट्रिय भूकम्प दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भवन निर्माण संहितामा विशेष ध्यान दिनसके भूकम्प लगायतका विपद्बाट बच्न सकिने बताउनुभयो । उहाँले भवन संहिता कार्यान्वयन गर्ने काम सरकारको मात्र नभइ हरेक नागरिकको रहेको बताउनुभएकाे छ। भवन निर्माण गर्दा इन्जिनियरिङ पाटो पनि छोड्न नहुने र रैथाने सीपलाई पनि निरन्तरता दिनुपर्ने बताउनुभयो । रैथाने प्रविधिलाई सीपलाई प्रयोग गरेका संरचनाले भूकम्पलाई थेगेको जिकिर गर्नुभएकाे छ ।
उपप्रमुख डंगोलले नारामा मात्र नभइ पूर्वाधार काम गरेर देखाउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रत्येक वर्ष नारामा मात्र नभइ नारा कार्यान्वयन गरी वार्षिक योजना बनाएर अघि बढ्न जरुरी रहेको बताउनुभएकाे छ।





प्रतिक्रिया दिनुहोस्