Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


कांग्रेसको आन्तरिक मामिलामा धेरै बोल्न हुँदैन: उपमहासचिव भट्टराई

विभाजित कांग्रेस पुनः एक हुने अवस्था बनोस् भन्दै भट्टराईले दिए शुभकामना

767
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको आन्तरिक मामिलामा धेरै बोल्न नहुने बताउनुभएकाे छ।

उपमहासचिव भट्टराईले शुक्रबार सामाजिक सञ्जालमार्फत यस्ताे बताउनुभएकाे हाे । उहाँले विभाजित कांग्रेस कुनै उपायले पुनः एक हुने अवस्था बनोस् भन्दै शुभकामना समेत दिनुभएकाे छ । उपमहासचिव भट्टराईले संविधान विपरीत दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर एमालेलाई विभाजित गरिँदा शेरबहादुर देउवा नै प्रधानमन्त्री भएको स्मरण समेत उहाँले गर्नुभयाे ।

लोकतान्त्रिक आन्दोलनमा अगुवाइ गरेको नेपालको पुरानो पार्टी कांग्रेस विभाजित हुनु दुःखको भएको समेत उहाँले बताउनुभएकाे छ । पार्टीको विधान, नेपालको संविधान तथा राजनीतिक दल सम्बन्धी ऐनका आधारमा कानूनी छिनोफानो हुने समेत उहाँकाे भनाइ थियाे ।

उपमहासचिव भट्टराईले टुट-फुट र विभाजनतिर कसैले कसैलाई नउकास्न समेत आग्रह गर्नुभएकाे छ ।