Logo २ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026


निर्वाचन आगोग अगाडि गगन कांग्रेसको धर्ना (तस्बिरसहित)


676
Shares

काठमाडाैं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा धर्ना दिएको छ ।

थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसका नेताहरुले आयोगको अगाडि शुक्रबार दिउँसो धर्ना दिएका हुन् । आयोग अगाडि नेताहरु पलेँटी कसेर धर्नामा बसेका छन् । शुक्रबार बिहान कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतले आफूहरु आधिकारिक भएको दावी आयोगमा निवेदन दिएका थिए । आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, कांग्रेसको विधान र आयोगको विगतका नजिरका आधारमा निर्णय गर्ने जवाफ दिएको थियो । हाल थापा समूह आफूलाई आधिकारिक घोषणा गर्न दबाब दिन आयोगमा धर्ना बसेको हो ।

थापा समूहले बिहीबार केन्द्रीय कार्य समिति अद्यावधिक गर्न निवेदन दिएको थियो ।