Logo १ माघ २०८२, बिहिबार | Thu Jan 15 2026


कांग्रेसकाे थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक कुपण्डोलमा जारी


4.6k
Shares

काठमाडौं । दाेस्राे विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक अहिले जारी रहेकाे छ ।

ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक अहिले बसिरहेको सहमहामन्त्री डा। डिला संग्रौला पन्तले जानकारी दिनुभएकाे हाे । काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनले बुधबार मध्यरातमा थापालाई सभापतिमा सर्वसम्मत चयन गर्दै १ सय ६६ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको थियो ।

गत पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा भएको कांग्रेसको विशेष महाधिवेशन भएको थियो । विशेष महाधिवेशनले नयाँ कार्यसमिति बनाएपछि कांग्रेस विभाजित भएको हो । संस्थापन पक्षले बुधबार केन्द्रीय कार्यसमिति बैठक राखेर दुवै महामन्त्री थापा र विश्वप्रकाश शर्मालाई अनुशासनको कारबाही गरेर ५ वर्षका लागि पार्टीबाट निष्कासन गरिएको घोषणा गरेको थियाे।