काठमाडौं । नेकपा एमालेका केन्द्रीय प्रचार विभाग संयोजक एवं केन्द्रीय सदस्य मीनबहादुर शाहीले नेपाली कांग्रेसमा देखिएको विभाजनले समग्र लोकतान्त्रिक व्यवस्थालाई नै क्षति पुर्याउने बताउनुभएको छ ।
प्रेस चौतारी नेपालको केन्द्रीय कार्यालयमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उहाँले मुलुकको पुरानो प्रजातान्त्रिक दल फुटको दिशामा जानु सुखद् संकेत नभएको धारणा राख्नुभएको हो । लोकतान्त्रिक प्रणालीलाई संस्थागत र बलियो बनाउन सबै राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने वर्तमान समयमा एउटा मुख्य दलभित्रको कलह र विभाजनले प्रणालीमै चुनौती थप्ने उहाँको विश्लेषण छ। लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक स्थिरता र दलहरूबीचको आन्तरिक एकता अनिवार्य रहेको उहाँको भनाइ थियो ।
संयोजक शाहीले एमाले सधै कानूनी शासन र युवा पुस्ताको भावना अनुसारको सुशासनको पक्षमा रहेको स्पष्ट पार्नुभयो। युवाहरूको पवित्र चाहना बमोजिम मुलुकलाई अघि बढाउन एमाले प्रतिबद्ध रहेको बताउँदै उहाँले पछिल्लो समय देखिएको ‘लोकप्रियतावादु ‘ ले मात्रै मुलुकका समस्याको निकास नदिने दावी गर्नुभएको छ।
क्षणिक लोकप्रियताको पछि लाग्नुभन्दा दीर्घकालीन एजेन्डा र नीतिगत स्पष्टताले मात्रै देशलाई सही दिशामा लैजाने उहाँको भनाइ थियो ।





प्रतिक्रिया दिनुहोस्