Logo १ माघ २०८२, बिहिबार | Thu Jan 15 2026


देशैभरी पश्चिमी वायूको आंशिक प्रभाव कायमै


325
Shares

काठमाडौं । हाल देशैभरी पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहीबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक रुपमा बादल लागेको हो । साथै बाँकी पहाडी तथा हिमाली भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ। तराई भू-भागका केही स्थानहरूमा भने हुस्सु लागेको छ।

देशमा तराई भू-भागमा बिहानपख लाग्ने हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएको छ । महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन समेत अनुरोध गरिएको छ ।

त्यस्तै, बिहीबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएका कारण जनजीवन प्रभावित हुने भएको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बादल लाग्ने भएको हो । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

त्यस्तै, बिहीबार राति भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु लाग्ने भएको हो । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा भने आंशिक बादल लाग्ने लाग्ने भएको छ। साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको हो ।