Logo ३० पुस २०८२, बुधबार | Wed Jan 14 2026


कांग्रेस विशेष महाधिवेशन: उम्मेदवारी मनोनयन दर्ता जारी


507
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया अघि बढेको छ ।

निर्वाचन समितिले उम्मेदवारी मनोनयन दर्ता जारी रहेको जनाएको हो । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले बुधबार बिहान ९ः१५ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको बताउनुभयो । लगत्तै निर्वाचनको अन्य काम अगाडि बढाइने पनि बताउनुभएको छ। पार्टीको पुरानै विधानअनुसार हुन लागेको निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री र १ सय २१ सदस्य पदका लागि निर्वाचनको काम अघि बढेको हो ।

कांग्रेसको १४औं महाधिवेशनमा ४ हजार ७ सय ४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेका बाहेक हाल ४ हजार ६ सय ३५ महाधिवेशन प्रतिनिधि रहेको विशेष महाधिवेशन सचिवालयले जनाएको छ ।