Logo ३० पुस २०८२, बुधबार | Wed Jan 14 2026


सिन्धुलीमा नेपाल एसबीआई बैंकको ३ करोड ११ लाख नगद लुटियो

लुटेरा समूह बोकेको गाडीसहित चालक प्रहरीको नियन्त्रणमा

1.8k
Shares

काठमाडौं । काभ्रेको बनेपाबाट गएको लुटेरा समूहले सिन्धुलीको घ्याङ्लेखमा नेपाल एसबीआई बैंकको ३ करोड बढी रकम लुटेको छ ।

मंगलबार राति ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटपाट गरेर ६ जनाको लुटेरा समूह फरार भएको हो । सोही समूहले बैंकका सुरक्षागार्डलाई कुटपिट गरेर सेफमा भएको रकम लुटेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घटना लगत्तै प्रहरीले खोजतलास गर्दा नजिकै रहेको जंगलबाट १ करोड ८० हजार १० हजार ५ सय रुपैयाँ बरामद गर्न सफल भएको हो।

प्रहरीले लुटेरा आएको टाटा सुमो र त्यसका चालकलाई समेत नियन्त्रणमा लिएको छ। चालक बनेपाकाको रहेको र सबै लुटेरा बनेपाबाट चढेका थिए । अरु लुटेराको पनि खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।