Logo ३० पुस २०८२, बुधबार | Wed Jan 14 2026


प्रधानमन्त्री कार्की र संयोजक प्रसाईबीच माघ २ गते पुनःवार्ता हुने


429
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसँग पुनः वार्ता गर्नुहुने भएको छ ।

प्रधानमन्त्री कार्कीले संयोजक प्रसाईसँग आगामी माघ २ गते द्विपक्षीय वार्ता गर्ने प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको हो । प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले प्रसाईलाई वार्ताको समय तोकिएको जानकारीसहित पत्राचार गर्नुभएको छ ।

संयोजक प्रसाईले आगामी फागुन १ गतेदेखि आन्दोलन गर्ने घोषणा समेत गर्नुभएको छ । यसअघि अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसँग संयोजक प्रसाईले ३ पटक वार्ता गरिसक्नुभएको हो । संयोजक प्रसाईले हिन्दुधर्म, सङ्घीयता र राजतन्त्रको बारेमा जनमत संग्रह गर्नुपर्ने माग गर्नुभएको छ ।