Logo २९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026


राष्ट्र बैंक धमाधम ऋणपत्रमा केन्द्रित

फेरि आज २० अर्बको ऋणपत्र जारी

156
Shares

काठमाडाैं । नेपाल राष्ट्र बैंकले केही समय अघिसम्म निक्षेप संकल उपकरण वा रिभर्स रिपो जारी गरेर बजारको तरलता व्यवस्थापन गरिरहेकोमा पछिल्लो पटक ऋणपत्रमा केन्द्रित हुँदै गएको छ ।

चालु आर्थिक वर्षमा पहिलो पटक यहि पुस १४ गते केन्द्रीय बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ क’ जारी गरेको राष्ट्र बैंकले मंगलबार फेरि आठौं पटक ऋणपत्र जारी गर्न लागेको हो । सोमबार राष्ट्र बैंकले २५ अर्बको बन्ड जारी गरेको थियाे । राष्ट्र बैंकले मंगलबार फेरी २० अर्ब रुपैयाँ बराबरको एक वर्ष अवधिको लागि ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८३ ज’ जारी गरेको छ ।

अनलाइनमार्फत आवेदन दिन सकिने उक्त ऋणपत्र मंगलबार जारी गरिने बैंकले सूचनामार्फत जानकारी दिएको छ । तथापि, यस ऋणपत्रमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी)ले मात्र सहभागी हुन पाउने केन्द्रीय बैंकले जनाएको हाे । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्ने भएका छन् ।

खासै ऋणपत्रलाई प्राथमिकतामा नराख्ने गरेको राष्ट्र बैंकले फेरि पछिल्लो समय ऋणपत्रलाई जोड दिन लागेको छ ।