Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


आगामी निर्वाचनको परिणाम एमालेका पक्षमा हुने एमाले महासचिव पोखरेलको दावी

चुनावी अभियान पार्टीको आन्दोलनको भविष्यसँग जोडिएको तर्क

156
Shares

काठमाडौंं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको परिणाम एमालेका पक्षमा हुने दावी गर्नुृभएको छ ।

बागमती प्रदेश सङ्गठन कमिटीले सोमबार आयोजना गरेको बागमती प्रदेशस्तरीय सयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनको परिणामलाई आफ्नो अनुकूल बनाउने दावी गर्नुृभएको हो । उहाँले पार्टीले धेरै कार्यक्रम गरे पनि जनताको घरघरमा पुगेर संवाद गर्न भने नसकेको स्वीकार गर्नुभयो ।

महासचिव पोखरेलले उम्मेदवारको अगाडि पछाडि घुमेर चुनावी सफलता प्राप्त गर्न नसकिने समेत बताउनुभएको छ। चुनावी अभियान पार्टीको आन्दोलनको भविष्यसँग जोडिएको पनि बताउनुभयो । चुनावी अभियानमा चुक्यौं भने मुलुक राजनीतिक द्वन्द्वको क्रिडास्थल बन्ने समेत बताउनुभएको छ । त्यसैले चुनावी अभियानमा जुट्नु आवश्यक रहेको उहाँको भनाइ छ ।

सोही कार्यक्रममा एमालेका सचिव महेश बस्नेतले बागमती प्रदेशले सबै निर्वाचन क्षेत्र जित्ने गरी रणनीति बनाउनुपर्नेमा जोड दिनुभयो। साथै बागमती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष नारायण सिलवालले कमिटीले निर्वाचन केन्द्रित अभियान शुरु गरेको जानकारी गराउनुभएको छ ।