Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


कांग्रेसका कार्यवाहक सभापति खड्काको निवास क्षेत्रमा सुरक्षा बढाइयाे


10.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास क्षेत्रमा सुरक्षा बढाइएको छ ।

बुढानीलकण्ठ नगरपालिका-७ हात्तिगौंडा, हेपाली हाइटस्थित खड्काको निवास क्षेत्रमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको हो । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन आयोजना गरेका छन् । विशेष महाधिवेशनमा साेमबार बन्दसत्र शुरु भएकाे छ । कांग्रेसका बहुमत प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी भएका छन् ।

सुरक्षा सचेतना अपनाएर खड्काको निवास क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको काठमाडाैं उपत्यका प्रहरी कार्यालयले जनाएकाे हाे। पूर्वसावधानी अपनाएर कार्यवाहक सभापति खड्काको निवास क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले बताएकाे छ ।