Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत बन्दसत्र आज हुँदै

कूल प्रतिनिधिमध्ये ५६ दशमलव १२ प्रतिशत प्रतिनिधि महाधिवेशनमा सहभागी

923
Shares

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत बन्दसत्र सोमबार बिहान १० बजेदेखि शुरु हुने भएको छ।

भृकुटीमण्डपमा आइतबारदेखि शुरु भएको विशेष महाधिवेशन सोमबार भने बन्दसत्रको चरणमा प्रवेश गर्न लागेको हो। व्यवस्थापन उपसमिति अन्तर्गत प्रचार–प्रसार संयोजक सुवास पोखरेलका अनुसार बन्दसत्र अघि बिहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिहरूको दर्ताको व्यवस्था गरिएको छ । उद्घाटन सत्र सम्पन्न भएपछि आइतबार रातिदेखि दर्ता प्रक्रिया बन्द गरिएको थियो । सोमबार बिहान पुनः दर्ता प्रक्रियाले निरन्तरता पाउने उहाँले जानकारी दिनुभयो ।

आइतबार राति ९ बजेसम्म २ हजार ६ सय ६२ जना महाधिवेशन प्रतिनिधिहरूले नाम दर्ता गराइसकेका छन् । कूल प्रतिनिधिमध्ये ५६ दशमलव १२ प्रतिशत प्रतिनिधिहरू महाधिवेशनमा सहभागी भएको संयोजक पोखरेले बताउनुभयो ।