Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


नेपालमा आज न्यूनचापीय प्रणालीको प्रभाव

मधेशका अधिकांश भू‍-भागमा भने हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित

286
Shares

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । सोमबार बिहान देशैभरीको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।

त्यस्तै, सोमबार दिउँसो भने तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएका कारण जनजीवन कष्टकर हुने भएको छ। देशका पहाडी तथा हिमाली भू‍-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको हो।

त्यसैगरी सोमबार राति भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहने भएको छ। साथै देशका पहाडी तथा हिमाली भू‍-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको हो ।