काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीचकाे सहकार्य गर्ने विषय पार्टीपंक्ति-आमजनताले रुचाएको नदेखिएको बताउनुभएको छ ।
नेता सापकोटाले संचारकर्मीसँग कुरा गर्दै राजनीतिक दलहरूबीच सहकार्य हुनु स्वाभाविक भएपनि आम नागरिकले सकारात्मक रुपमा नलिएको बताउनुभएको हो । उहाँले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतभारको आधारमा सिट बाँडफाँड हुनुपर्ने प्रश्ताव पार्टीले अघि सारेको भएपनि कांग्रेस र एमाले त्यसका लागि तयार नभएको पनि बताउनुभयो । उहाँले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा कुनैपनि दलसँग सहकार्य नगर्ने पनि स्पष्ट पार्नुभएकाे छ।
उहाँले राष्ट्रिय सभा निर्वाचन आम निर्वाचनजस्तो नभएको कारण एउटा समझदारी गर्ने भनिएपनि प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा स्वतन्त्र ढंगले जनतामाझ जाने बताउनुभयो । पार्टीलाई एक्लै चुनाव लड्न आम जनताबाट समेत सुझाव उहाँको भनाइ छ। नेता सापकोटाले सर्वोच्च अदालतले विचाराधिन संसद विघटनसम्बन्धी मुद्दालाई छिटो टुंगोमा पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
यद्यपि निर्वाचनले मात्रै अहिलेको राजनीतिक संकलाई निकाश दिनसक्ने नेता सापकोटाले बताउनुभएकाे छ।





प्रतिक्रिया दिनुहोस्