Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


कांग्रेसकाे संस्थापन पक्षले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित(विज्ञप्तिसहित)


533
Shares

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गर्नुभएकाे छ।

कांग्रेसका नेतात था कार्यकर्ताहरु विशेष महाधिवेशनको पक्ष र विपक्षमा विभक्त भएर विवाद उत्कर्षमा पुगेकाे समयमा कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलनकाे आयोजना गर्न खोज्नुभएकाे हाे। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराउनुभएकाे थियाे। तर मुख्य सचिव पौडेलले नै अर्को सूचना जारी गरेर पत्रकार सम्मेलन स्थगित गरिएको बताउनुभएकाे छ।

इतर समूहका नेता डा. शेखर कोइरालाको उपस्थितिमा पत्रकार सम्मेलन हुने प्रचार गरिएको थियो । तर अहिले किन एक्कासी पत्रकार सम्मेलन स्थगित गरियो भन्ने खुलिसकेको छैन । यसअघि बिहीबार बसेको पार्टीकाे केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन तत्काल रोक्न अपिल गर्ने निर्णय गरेको थियो ।