Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


राष्ट्रिय महिला भलिबलमा नेपाल पुलिस क्लब विजयी


221
Shares

काठमाडौं। साविक विजेता नेपाल पुलिस क्लबले नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सुखद शुरुवात गरेकाे छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेपको कभर्ड हलमा बुधबार भएकाे खेलमा पुलिसले विभागीय डर्बीमा एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेकाे हाे। याे जितसँगै पुलिसले ३ अंक जोडेको छ।

केही समय अघि नवौं एनभीए महिला तथा पुरुष च्याम्पियनसिपमा उपविजेता भएको पुलिसले खेल २५–२२, २५–२० र २५–२१ ले आफ्नो बनाएकाे हाे।