Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


राष्ट्रियसभाका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने


78
Shares

काठमाडौं। निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम बमोजिम बिहीबार उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्य तालिका सार्वजनिक गरेको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम बमोजिम बुधबार ७ वटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयन पत्र दर्ता कार्य सम्पन्न भएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभएकाे हाे।

निर्वाचन कार्यक्रम अनुसार यहि पुस २५ र २६ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने छ। पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयाेगले जनाएकाे हाे। पुस २८ गते भने उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जानकारी गराएको छ।