Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


प्रहरीका १० प्रहरी उपरीक्षकलाई वरिष्ठ उपरीक्षकमा बढुवाका लागि सिफारिस


546
Shares

काठमाडौं । नेपाल प्रहरीका १० जना प्रहरी उपरीक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ ।

बढुवा समितिले बुधबार राति उनीहरुलाई बढुवा सिफारिस सूची प्रकाशन गरेको हो । जनपद प्रहरी समूहतर्फ एसएसपी बढुवाका लागि सिफारिस हुने पहिलो नम्बरमा राम प्रकाश शाह रहनुभएकाे छ । एसपीहरु भुवनेश्वर तिवारी, ऋषि राम कँडेल, सुरेश प्रसाद काफ्ले, श्यामसिं चौधरी, नकुल पोखरेल, दिलीप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र बोहरा एसएसपीमा बढुवा सिफारिस भएका छन् ।

संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरेर प्राविधिक तर्फ रहेका दुई वटा पद स्थानान्तरण र एउटा पद थफ गरेर १० जनालाई बढुवा गरएिको हो । प्राविधिक तर्फ केनाइन कार्यालय र सवारी महाशाखामा रहेका एसएसपीको दरबन्दी जनपद समूहतर्फ स्थानान्तरण गरिएको छ। एक सिट मन्त्रिपरिषद बैठकले थप गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको हाे ।