Logo २५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026


निर्यात व्यवसायीलाई अनुदान दिनसक्ने अवस्था छैन: मन्त्री सिन्हा


104
Shares

काठमाडाैं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले चालु आर्थिक वर्षका लागि अघिल्लो सरकारले निर्यात अनुदान शीर्षकमा १० हजार मात्रै छुट्टाएको कारण वर्तमान सरकारले त्यस्तो अनुदान दिनसक्ने अवस्था नरहेको बताउनुभएको छ ।

काठमाडाैंमा बुधबार आयोजित एक कार्यक्रममा बाेल्दै मन्त्री सिन्हाले यस्ताे बताउनुभएकाे हाे। उहँले विदेशी मुद्रा भित्र्याउन निर्यातले विशेष भूमिका खेलेपनि तत्कालिन सरकारको अकर्मण्यताका कारण निर्यात व्यवसायीलाई अनुदान दिन आफूहरुले नसकेकाे बताउनुभयो । उहाँले जनताले भोट दिएर जिताएकाहरुले राम्रोसँग काम नगरिदिँदा यस्ता समस्या देखापरेकाले आगामी दिनमा सक्षम मान्छेलाई मात्रै जिताएर सांसदमा पठाउन आग्रह गर्नुभएकाे छ।

मन्त्री सिन्हाले नयाँ निर्यात प्रोत्साहन कार्यक्रमका लागि कार्यविधि तयार गर्न लागिएको र कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको समेत बताउनुभयो । उहाँले मेक इन नेपाल र मेड इन नेपालजस्ता कार्यक्रमलाई सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गर्नुभएकाे छ । उहाँका अनुसार गुणस्तर परीक्षणका लागि प्रयोगशालाको स्तरोन्नती गर्ने काम भइरहेको हाे ।

गुणस्तर विभाग जलेका कारणले शून्यबाट काम शुरु गर्नुपर्ने अवस्थाले गर्दा पनि केही चुनौती थपिएको मन्त्री सिन्हाले बताउनुभयो ।