काठमाडाैं। नवौं राष्ट्रिय महिला भलिबल बुधबारदेखि शुरु हुने भएकाे छ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुँदै आएको प्रतियोगिताको उद्घाटन खेलमा न्यु डायमण्ड युथ स्पोर्टस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएकाे हाे। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा यहि पुस २६ गतेसम्म संचालन हुने प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमन्ड र आर्मीगरी जम्मा ४ टोलीकाे सहभागी हुने भएकाे छ।
बुधबार हुने दोस्रो खेलमा पुलिस र एपीएफबीच प्रतिस्पर्धा हुने भएकाे हाे । राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् । विजेता टोलीले ५ लाख नगद पुरस्कार पाउने छ । त्यस्तै, दोस्रोले २ लाख ५० हजार, तेस्रोले १ लाख २५ हजार र चौथो टोलीले समेत ६२ हजार ५ सय रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएकाे हाे।





प्रतिक्रिया दिनुहोस्